खै कहिले हो संविधान ?

फागुन ३,काठमाडौं-संविधान निमार्णमा सम्वाद हिनताको अवस्थामा रहेका प्रमुख राजनितीक दलहरु विच कुरा मिल्न नसक्दा संविधान निमार्णको काममा अन्यौल्ता छाएको छ । सत्तापक्ष र प्रतिपक्षको आ—आफ्नो अडानका कारण अन्यौल्ताको अवस्था बढ्दै गएको हो ।

माघ ११ गते सभा अध्यक्ष सुवास चन्द्र नेम्वाङले प्रश्नावली प्रस्ताव निमार्ण समित गठन देखि तिब्र रुपमा चिस्सीएको सम्बन्ध प्रमुख दलविच अझै मिल्न सकेको छ्रन् । संविधानका विवादीत विषयमा प्रश्नहरु तयार भए पछि दलहरुको सहमतीका लागी संविधान सभको बैठक गत २९ गते देखि अनीश्चीतकालका लागी स्थगीत भएको छ । दलहरुविच सम्वाद हिन्ता अवस्थालाई अन्त्य गर्न संविधान सभाका अध्यक्षले अनिश्चीतकालका लागी बैठक स्थीगीत गरे पनि उनिहरु विच सहमतीका लागी सम्वादको अवस्था भने अझै पनि देखिएको छैन । हिजो पहिलो पटक औपचारीक रुपमा प्रधानमन्त्रि सुशिल कोईराला र एमाओवादी अध्यक्ष पुष्प कमल दाहाल विच भेटवर्ता भए पनि उहि पुरानो अडान दोहोरीएको थियो । प्रधानमन्त्रिले नै सहमतीको लागी कुनै पनि वतावरण नबनाएको भन्दै आन्दोलनलाई निरन्तरता दिने एमाओवादी अध्यक्ष दाहालको प्रतिक्रिया रहेको थियो ।
प्रमुख प्रतिपक्ष दल एमाओवादी नेतृत्वको मोर्चा आन्दोलनको घोषणा गर्दै त्यसको तयारीमा जुटेको छ भने सत्तापक्ष विपक्षीले आन्दोलन गरे पनि पनि प्रक्रियामा नै संविधान जारी हुने बताउँदै आएका छन् ।
दलहरु विच आजका लागी पनि अहिले सम्म कुनै पनि औपचारी छलफलको तयारी भएको छैन् ।