‘किक’को सिक्वेल लेख्दै सलमान

काठमाडौ-बलिउडका स्टार खान सलमानले आफ्नो सुपरहिट चलचित्र ‘किक’को सिक्वेल आफैले लेख्ने निर्णय गरेका छन् । चलचित्र ‘किक’का निर्देशक साजिद नाडियाडवाला चलचित्रको सिक्वेल बनाउन चाहिरहेका थिए । तर, उनलाई चलचित्रको लागि कुनै कथा दिमागमा फुरिरहेको थिएन् । यस्तोमा सलमान खानले आफै यस चलचित्रको कथा लेख्ने निर्णय गरेका थिए ।

नाडियाडवालाका अनुसार ‘किक’का नायक सलमान खान कथा लेख्न तयार भएका छन् । सलमान खानले कथा लेख्न सुरू गरिसकेको भारतीय सञ्चारमाध्मयले स्रोतलाई उदृत गर्दै लेखेका छन् ।स्रोतहरूका अनुसार साजिदलाई सिक्वेलका लागि एक उत्कृष्ट उपायको खोजी थियो, जसमा उनी सिक्वेल बनाउन सकुन् । सलमानले जब आफूलाई चलचित्रका लागि कथा आफ्नो दिमाग आऐको बताए र साजिदलाई सुनाए साजिद निकै खुसी भएको बताइएको छ ।