साताको नेप्से ओरालोतर्फ

फागुन २, काठमाडौँ   –  गत साता ओरालो लागेको नेप्से यो साता पनि सकारात्मक हुन सकेन । गत साता ७।२२ अङ्कले घटेको नेप्से परिसूचक पहिलो दिनको तुलनामा १।५१ अङ्कले घटेको हो ।यो साताको अन्तिम दिन ९८४।५१ अङ्कमा पुगेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ । त्यसैगरी, गत साताजस्तै यो साता पनि कारोबारमा कमी आएको छ ।

गत साता कारोबार रकममा ५१।५० प्रतिशतले कमी आएको थियो भने यो साता १८।१४ प्रतिशत कमी आएको हो ।यस साता नेपाल स्टक एक्सचेन्जमा १७० कम्पनीका १२ हजार ८६२ कारोबारबाट रु एक अर्ब ४३ करोड सात लाख ४० हजारबराबरका रु ३४ लाख आठ हजार ४०० कित्ता सेयर खरिद बिक्री भएका छन् ।

गत साता १६९ कम्पनीका १३ हजार नौ कारोबारबाट रु एक अर्ब ७४ करोड ८९ लाख पाँच हजारबराबरका रु ४५ लाख ३४ हजार ९२० कित्ता सेयर खरिद बिक्री भएका थिए ।समूहगत परिसूचकमा यो साता वाणिज्य बैंक, होटल, जलविद्युत् र अन्य समूहको परिसूचकमा कमी आएको छ भने व्यापार समूहको कुनै कारोबार भएको छैन ।

विकास बैंक, वित्त, बिमा र उत्पादनमूकक समूहको परिसूचकमा पनि सुधार आएको छ ।‘क’ वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पहिलो दिनको तुलनामा ०।७६ अङ्कले घटेर २०९।७ अङ्कमा आइपुगेको छ ।

यस साता रु सात करोड ८७ लाख ५० हजारको कारोबार गरेर प्रभु बैंक अग्रस्थानमा रहेको छ भने रु दुई लाख ५३ हजार कित्ता सेयर कारोबार गरेर प्रभु बैंक नै अगाडि भएको छ ।