रेल र बस ठोक्किदा १६ को मृत्यु, ३० भन्दा बढी घाइते

फागुन २, काठमाडौँ -मेक्सिकोमा रेलसँग बस  ठोक्किदा१६ जनाको जनको मृत्यु भएको छ  भने ३० जना भन्दा बढी घाइते भएका छन् । दुर्घटनामा घाइतेमध्ये धेरैजनाको अवस्था गम्भीर रहेको छ । सो जानकारी प्रहरीले दिएको छ । उक्त दुर्घटना भयानक रहेको अधिकारीहरुले जनाएका छन् । मेक्सिकोको अनाहुक नगरमा गुडिरहेका बस र रेल आपसमा ठोक्किएका बताइएको छ । सो दुर्घटनास्थल मेक्सिकोको उत्तरपूर्वी राज्य नुएभोमा पर्दछ । प्रहरीले दिएको प्रारम्भिक सूचनामा बसले आफ्नो बाटो पारगरी रेलमार्गमा पुग्दा त्यसलाई रेलले ठक्कर दिएको र सो दुर्घटना हुन पुगेको हो । एजेन्सीको सहयोगमा