राजनीति र धर्मको उद्देश्य एउटै होः नेपाल

फागुन २, वीरगन्ज-नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले राजनीति र धर्मको उद्देश्य एउटै रहेको बताएका छन् । ब्रह्माकुमारी राजयोग सेवा केन्द्र वीरगन्जले आजदेखि महाशिवरात्रि पर्वका अवसरमा यहाँ आयोजना गरेको बिव महोत्सवको उद्घाटन गर्दै उनले नेपाल जस्तो स्वर्ग ठाउँ संसारमा कहीँ नभएका कारण स्वर्गको कल्पना नेपाललाई गर्न नसकिने विचार व्यक्त गरे ।

उनले निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल, काठमाडौँ निजगढ द्रुतमार्ग, पूर्वपश्चिम रेलमार्ग तथा सम्पूर्ण बेराजगारलाई रोजगारी दिलाउने लक्ष्यका साथ आफूहरु लागिरहेको र यो कार्यमा सघाउन सबैलाई आग्रह गरे ।