मानवअधिकार राजनीतिक दलको स्वार्थ सिद्ध गर्ने हतियार बन्न हुँदैन : अध्यक्ष ओली

 फाल्गुन २, काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी ओलीले मानवअधिकार राजनीतिक दलको स्वार्थ सिद्ध गर्ने हतियार बन्न नहुने बताएका छन् ।

मानव अधिकार एलाइन्सको चौथो राष्ट्रिय महाधिबेशनको आज राजधानीमा उद्घाटन गर्दै ओलीले मानवअधिकारको खोल ओढेर मानवअधिकारको हनन् गर्नेहरुप्रति सचेत रहन सबैलाई आग्रह समेत गरेका छन् ।

सो अवसरमा अध्यक्ष ओलीले मानवअधिकारको आडमा गलत ढंगबाट राजनीति गर्नेहरुको जगजगी भएको आरोप समेत लगाए । उनले मानवअधिकारको हनन रोक्न मानवअधिकारकर्मीहरु सक्रिय भएर लाग्नु पर्ने सुझाव दिएका छन् ।