सुनामी आएपनि संविधान निर्माण रोकिँदैन -रामचन्द्र पौडेल

फागुन २,मोरङ – नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेलले एमाओवादी मोर्चाको अन्दोलनले संविधान निर्माण प्रक्रिया नरोकिने बताउनु भएके छ ।प्रेस युनियन मोरङले आज आयोजना गरेको पत्रकार भेटघाटमा पौडेलले एमाओवादी मोर्चा गर्ने प्रर्दशन त के सुनामी आएपनि संविधान निर्माणको प्रक्रिया नरोकिने बताउनुभयो । विपक्षीलाई संविधान निर्माणमा सहभागी गराउन संविधानसभा स्थगित गरिएको भन्दै उहाँले १० दिनको समयलाई सदुपयोग गर्न आग्रह गनुृभयोे ।

सवै दललाई संविधान निर्माणको कार्यमा सहभागी गराउन लागी परेको भन्दै पौडेलले उपसभापति यदि १० दिनको समयलाई दलहरुले सही सदुपयोग गर्न सकेनन भने संविधान निर्माणको प्रक्रिया अघि वढ्ने बताउनुभयो ।’कांग्रेस उपसभापति पौडेलले मधेसी नेताले मधेसको हित नवुझेको बताउनुभयो । देशको भौगोलिक यर्थात विपरित मधेसी नेताहरुले आफनो राजनीति वचाइ राख्न विभिन्न नारा मात्र दिएको उहाँको आरोप छ ।