हाँगाको टुप्पामा बसेर फेद काट्दैछन् प्रचण्ड : अध्यक्ष ओली

फाल्गुन १, काठमाडौं -नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल जनताप्रति अनुत्तरदायी भएको आरोप लगाएका छन् । ट्रेड युनियन इन्टरनेसनल–पब्लिक सर्भिसको आजदेखि काठमाडौँमा सुरु गरेको १२औं सम्मेलनको उद्घाटन गर्दै ओलीले तीन सय सेना बनाएर समानान्तर सत्ता चलाउँछु भन्नुलाई कालिदासको कथाको ‘क’ को संज्ञा दिएका छन् ।

आँफु रुखको हाँगाको टुप्पोमा बसेर फेद तिर काट्दा आउने परिणमको अहिल्यै मुल्यांकन गर्न सुझाव दिँदै अध्यक्ष ओलीले ‘३५ हजार लडाकू बनाएर जनयुद्ध गरेको दाबी गर्नेहरुले तीन सय सेना बनाएर समानान्तर सरकार चलाउने धम्की हास्यास्पद भएको उल्लेख गरेका छन् ।

संविधानसभाले दिएको १० दिन भित्र सहमती नभए आफुहरु सहमतिमा दुई तिहाइ बहुमतकै आधारमा संविधान जारी गर्ने चेतावनी दिँदै ओलीले भने अलमलले तपाइहरुकै पाइला खिइने हो, हाम्रो केही उृछितो काढीने छैन, के गर्ने तपाईको मर्जी । भोली सम्म चल्ने सम्मेलनमा विश्वका २६ देशका झन्डै साढे दुई सय ट्रेड युनियन प्रतिनिधिहरुको सहभागिता छ ।