भक्तबुरमा घुस लिँदालिँदै अधिकृत रंगे हात पक्राउ

फागुन १, भक्तपुर -अख्तियार दुरुपयोग अनुसन्धान आयोगको विशेष टोलीले भक्तपुरमा घुस लिँदा लिँदै एक अधिकृतलाई पक्राउ गरेको छ । मध्यमान्चल क्षेत्रीय सडक निर्देशनालयअन्तर्गत् डिभिजन सडक कार्यालय भक्तपुरका लेखा अधिकृत तीर्थबहादुर बस्नेत २० हजार रुपैयाँ घुस लिँदालिँदै रंगेहात पक्राउ गरेको अख्तियारले जनाएको छ ।

भक्तपुरको सूर्यविनायक नगरपालिकाको कटुन्जेस्थित डिभिजन कार्यालयमै घुस लिइरहेको अवस्थामा आयोगका शाखा अधिकृत लीलाधर अवस्थीको टोलीले बस्नेतलाई पक्रेको हो । बस्नेतलाई हिरासतमा लिएर थप अनुसन्धान थालीएको छ ।