मुटु स्वास्थ्य परीक्षण शिविर आज समापन हुने

फागुन १, सिन्धुली-सिन्धुलीमा निःशुल्क मुटु स्वास्थ्य परीक्षण शिविर संचालनमा आएको छ । शुक्रबार देखि थालीएको अभियानमा स्वास्थ्य सेवाको पहुँचबाट टाढा रहेका तथा पिछडिएका ग्रामीण क्षेत्रमा बसोबास गर्ने मानिसहरुमा देखा परेको मुटुरोग र मुटुसँग सम्बन्धित उपचारमा सेवा पुर्‍याउन सिन्धुलीको भीमानमा निःशुल्क मुटु स्वास्थ्य परीक्षण गरिने आयोजकले जनाएको छ ।

शिविरमा सिन्धुली, महोतरी, धनुषा, सर्लाही र रामेछापबासीले मुटुको परीक्षण गरी उपचार सेवा लिएका छन् । हिजोदेखि सुरु शिविर आज समापन हुँदैछ । शिविरमा १२ सय व्यक्तिले मुटु परीक्षण गराइसकेको बताइएको  छ ।