झूटो बोल्दा जागीर चट

फागुन १,काठमाडौँ-झूटो सूचना दिएकोमा अमेरिकाको चर्चित एनबीसी टीभी नेटवर्कका रात्रिकालीन समाचारका प्रबन्ध सम्पादक तथा प्रस्तोता ब्रायन डगलस विलियम्स ६ महिनाका लागि बेतलबी निलम्बनमा परेका छन् । उनले सन् २००३ मा इराकमाथि अमेरिकी आक्रमणको व्यक्तिगत अनुभव सुनाउने क्रममा आफ्नो हेलिकप्टरमा रकेट सञ्चालित रकेट प्रहारले आगो लागेको भनेका थिए । सैन्य अधिकारीहरूले प्रमाणसहित उनी चढेको हेलिकप्टरमा त्यतिखेर त्यस्तो कुनै घटना नभएको जानकारी दिएका थिए ।

५५ वर्षे विलियम्सले एक दशक अगाडिको त्यो घटना सम्झिने क्रममा दिग्भ्रमित भएर गल्ती बोल्न पुगेको भन्दै माफी मागेका थिए । तर, उनको मंगलबार व्यापक आलोचना भयो । एनबीसीकी समाचार प्रमुख डेबोराह मेरी टर्नेसले यसपछि विलियम्सलाई ६ महिनाका लागि बेतलवी निलम्बन गरेको घोषणा गरेकी थिइन् । उनी सन् २००४ को २ डिसेम्बरदेखि एनबीसी टीभीको उक्त उच्च प्रतिष्ठित पदमा कार्यरत थिए । यो अवस्थामा प्रसारणमा जानु उनका लागि कष्टदायी हुने पौलले बताए । अमेरिकाको कनेन्टिकटका अर्का सञ्चारविद रिचार्ड हान्लीले केही दिनलाई उनले भनेको कुरा पत्याउन दर्शकलाई निःसन्देह कठिन हुने प्रतिक्रिया दिए । एजेन्सीको सहयोगमा