आजको आवश्यकता संविधानसभाबाट संविधान : नेता श्रेष्ठ

फागुन १,इलाम-एमाओवादीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठले नेपाल सरकार र माओवादीबीच भएको १२ बुँदे समझदारी, विस्तृत शान्ति सम्झौता, अन्तरिम संविधान लगायतका ऐतिहासिक सम्झौताका आधारमा सहमतिमा संविधान बनाउनु आजको आवश्यकता भएको दोहोर्‍याएका छन् । पटक पटक संविधानसभाबाट नै संविधान बन्नुपर्नेमा जोड दिँदै आएका मध्यमार्गी नेता श्रेष्ठले आज  बिहान इलाममा संचारकर्मीलाई प्रतिक्रिया दिँदै यस्तो बताएका हुन् ।

संविधानसभाबाटै संविधान नबने मुलुक दुर्घटना तर्फ धकेलिने भन्दे नेता श्रेष्ठले बेलैमा सर्तक हुन सबैलाई आग्रह समेत गरेका छन् ।  नेता श्रेष्ठले पृथकतावादी, धर्मको नाममा र अन्यअतिवादी खतरा देखा पर्न थालेकाले संविधानसभाभित्रका सहयात्री दलहरुबीच आधारभूत एकता हुनु पर्ने धारणा राखे ।   सबै जातिको समान अधिकारको सुनिश्चितताको पक्षमा एमाओवादी रहेको भए पनि अन्य राजनीतिक दलले पहिचानको मुद्दालाई तोडमोड गरेरे प्रचार गरेको उनको भनाइ थियो ।