डिजिटल केबल सिम टिभीले आजदेखि ग्राहकलाई सेवा दिने

फागुन १, काठमाडौं-डिजिटल केबल सिम टिभीले आफ्नो औपचारिक सुरुवात गरेको छ । हिजोदेखि  औपचारिक रुपमा सेवा शुभारम्भ गरेको सिम टिभीले आजदेखि ग्राहक उपभोक्ताको घरघरमा सेवा विस्तार गर्ने जनाएको छ ।अब नेपालको प्रिमियम डिजिटल केवल सेवा प्रदायक सिम टिभी देशैभरी उपलब्ध हुने छ । यो सेवा लिन चाहने उपभोक्ताले आवश्यक सेट टप बक्स र अप्टिकल फाइबर निशुल्क पाउनेछन् । अप्टिकल फाइबर मार्फत सेवा दिने यो प्रविधि मार्फत उपभोक्ताले हाई डेफिनेसन ९एचडी० वा स्टेन्डर्ड डेफिनेसन एसडी च्यानलहरुको मज्जा लिन सक्नेछन् ।