जिप दुर्घटनामा एकको मृत्यु, ४ गम्भीर घाइते

फाल्गुन १, सिन्धुली-सिन्धुलीमा जिप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य दुई विदेशी नागरिकसहित चारजना गम्भीर घाइते भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार काठमाडौंबाट यात्रु लिएर सोलुको सल्लेरीतर्फ जाँदै गरेको सल्लेरी यातायातको जाँदै गरेको ना१ज ३६०७ नम्बरको जिप दुर्घटना हुँदा सिन्धुपाल्चोक घर भएका चालक रत्नदास तामाङको मृत्यु भएको हो ।

दुर्घटनामा परी सोलुखुम्बु चारमाकी कानढुंग्री शेर्पा, पन्वे शेर्पा, फ्रेन्स नागरिक थिलिपे र चेरीपर गम्भीर भएका भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी निरीक्षक नरेशराज सुवेदीले जानकारी दिए । जिपमा रहेका अरु यात्रु भने सामान्य घाइते छन् ।