विश्व ट्रेड यूनियन महासंघको सम्मेलन आजबाट राजधानीमा सुरु हुँदै

फागुन १,काठमाडौँ- नेपालमा पहिलो पटक हुन लागेको विश्व ट्रेड यूनियन महासंघको सम्मेलन आजबाट राजधानीमा सुरु हुँदैछ । विश्वका प्रगतिशील एवं समाजवादी श्रमिकहरुको अन्तराष्ट्रिय केन्द्र विश्व ट्रेड यूनियन महासंघको विषयगत केन्द्र ट्रेड युनियन इन्टरनेशनल पब्लिक सर्भिसको १२ औँ अन्तर्राष्ट्रिय सम्मेलन जाबाट सुरु भएको हो । पेशागत महासंघ नेपालमा आवद्ध निजामति कर्मचारी संगठन आयोजक र सार्वजनिक संस्था कर्मचारी संगठन, राष्ट्रिय स्वास्थ्यकर्मी संघ नेपाल र स्थानीय निकाय कर्मचारी संघ, नेपाल (एलजेन) सह–आयोजक रहेर पेशागत महासंघ, नेपालको समन्वयमा सम्मेलन सम्पन्न हुने भएको हो । २ दिने सम्मेलनमा नेपाल लगायत दक्षिण अफ्रिका, यूरोप लगायतका गरी१२० प्रतिधिनीको सहभागिता रहने भएको छ ।

ट्रेड यूनियन इन्टरनेशनल पब्लिक सर्भिसको स्थापना सन १९४९ मा जमर्नीको वर्लोनमा भएको हो । यस केन्द्रमा विश्वका ४० देशका ट्रेड यूनियनमा आवद्ध २ करोड श्रमिकहरु संगठित छन् । यस केन्द्रको एघारौँ सम्मेलन सन् २००९ मा व्राजिलमा सम्पन्न भएको थियो । नेपाल निजामती कर्मचारी संगठनले यस केन्द्रको सदस्यता सन् १९९५ मा प्राप्त गरेको थियो ।