आज २० औं जनयुद्ध दिवस विभिन्न कार्यक्रम गरी मनाउदै

फागुन १,काठमाडौँ- एकीकृत नेकपा माओवादी र उसको भातृ संगठनले आज मुलुकभर विभिन्न कार्यक्रमहरुको आयोजना गरी आज २० औं जनयुद्ध दिवस मनाउदै छ । नयां जनवादी क्रान्तिको लक्ष्य सहित माओवादीले आज भन्दा १९ वर्ष अगाडि वि.स. २०५२ सालमा आजैका दिन देखि आफ्नो सशस्त्र युद्धको थालनी गरेको थियो । जनयुद्ध सुरु भएको दिनको स्मरणमा प्रत्येक वर्ष माओवादीले फागुन १ गतेलाई जनयुद्धको वार्षिकोत्सवका रुपमा मनाउदैं आएको छ ।

यसैबीच जनयुद्ध दिवसका अवसरमा एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहालले शुभकामना व्यक्त गर्दै क्रान्तीको बाँकी कार्यभार पुरा गर्ने बताउँनु भएको छ । विगतका उलब्भी रक्षाका लागी जस्तो सुकै कठिन परिस्थीतीमा पनि आन्दोलन गर्ने उहाँको भनाई रहेको छ । हजारौ सहिदको बलिदानबाट प्राप्त उपलब्भीलाई संविभान सभाबाट संस्था गत गर्दै क्रान्तीका बाँकी कार्यभार पुरा गर्ने बताउँनु भएको हो । १० वर्षे उपलब्धीलाई संस्थागत गर्न कांग्रेस एमालेले नमानेको भन्दै एमाओवदीले यहि फगुन १६ बाट आन्दोलनको घोषणा गरेको छ । संविधान सभामा एक्लौटी रुपमा संविधान जारी गर्ने प्रक्रिया लादेको भन्दै शसत्र आन्दोलनको घोषणा गरेको हो ।
झण्डै दश वर्ष सशस्त्र युद्ध गरेको तत्कालीन नेकपा माओवादी र सरकारबीच २०६३ मंसिर ५ गते शान्ति संझौतामा हस्ताक्षर भएपछि नेपालमा जनयुद्धको अन्त्य भएको थियो ।
यसैविच वैद्य नेतृत्व्को नेकपा–माओवादी र नेत्रविक्रम चन्द पक्षको नेकपा माओवादीले पनि छुट्टा—छुट्टै कार्यक्रम गरी जनयुद्ध दिवस मनाउँदैछन । जनयुद्धमा १० वर्ष संगै संघर्ष गरेका माओवादीहरु पार्टी विभाजन गरी टुक्रा टुक्रमा परिणत भएका छन् ।
१० बर्षे सशस्त्र विद्रोेहका बेला झण्डै १५ हजार नेपाली नागरिकले ज्यान गुमाएका थिए । बेपत्ता हुनेहरुको अवस्था अहिलेसम्म समेत थाहा हुन नसकेको आवाज नागरिक अगुवाहरुले उठाउन्दै आएका छन् । शान्ति सम्झौताको आठ वर्ष पछि सरकारले वेपत्ता खोजविन र पिडक र पिडित विचको मेलमिलापका लागी भर्खरै मात्र २ आयोग गठन गरेको छ ।