चौथो विश्व रेडियो दिवस,नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाईँदै

फागुन १,काठमाडौँ- आज चौथो विश्व रेडियो दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाईँदैछ । रेडियो दिवसको अवसरमा निजी तथ सामुदायिक रेडियोहरुले विभिन्न कार्यक्रमहरुको आयोजना गर्दै छन् । आज भन्दा ६९ वर्ष अघि सन् १९४६ फेब्रुवरी १३ तारिखमा संयुक्त राष्ट्रसंघ रेडियो स्थापना भएको दिनको सम्झनामा संयुक्त राष्ट्रसंघीय शैक्षिक तथा वैज्ञानिक संगठन युनेस्कोको घोषणा अनुसार विश्व रेडियो दिवस मनाइरहेका छन् ।

नेपालमा रेडियोको निरन्तर प्रसारण शुरु भएको ६३ वर्ष भएपनि समुदायका लागि रेडियोको प्रसारण सुरु भएको चाहि १७ वर्ष पुगेको छ । अहिले देशभरिमा ४ सयभन्दा बढी रेडियोले प्रसारण अनुमति पाएका छन् र तीमध्ये २ सय ६१ सामुदायिक रेडियोहरु छन् । नेपालसहित विश्वकै सन्दर्भमा पनि रेडियो इन्टरनेट र टेलिभिजनको तुलनामा सवैभन्दा धेरै मानिसमा पुग्न सफल सञ्चारको माध्यम हो । रेडियो आफ्ना कुराहरु भन्ने र अरुका कुराबाट सिक्ने अहिलेसम्मकै सफल सञ्चार माध्यम पनि हो ।