तोकिएकाभन्दा बढी शुल्क लिने एम्बुलेन्सलाई कारबाही गरिने

माघ २९,पाँचथर- एम्बुलेन्स सञ्चालन समिति पाँचथरको बैठकले तोकिएको शुल्कभन्दा बढी रकम लिनेलाई कारबाही गर्ने निर्णय गरेको छ । फिदिमदेखि ताप्लेजुङसम्म पुगेर आएको रु नौ हजार लिँदै आएकामा आजबाट लागू हुने गरी रु सात हजार मात्रै लिन पाउने निर्णय गरेको छ ।

जिल्ला प्रशासन कार्यालय पाँचथरमा बसेको समितिको बैठकले अन्य स्थानका पनि भाडा घटाउन पाँच सदस्य समिति गठन गरिएको प्रजिअ प्रदीराज कँडेलले बताएका छन् । यस्तै असल चालक र स्वास्थ्य क्षेत्रमा उत्कृष्ट समाचार लेख्ने पत्रकारलाई जनही रु २० हजारसहित सम्मान गरिने समेत निर्णय गरिएको प्रजिअ कँडेलले जानकारी दिए ।