ल्यारक्याललाई सभासद बनाउनु भूल – एमाओवादी नेता सुर्दशन

माघ २९, दाङ – एकीकृत नेकपा माओवादीका पोलिटव्युरो सदस्य हेमन्तप्रकाश वली (सुर्दशन)ले ल्यारक्याल लामालाई सभासद बनाएर पार्टीले गम्भीर भूल गरेको बताउनु भएको छ । रिपोटर्स क्लब नेपाल दाङ शाखाले तुलसीपुरमा गरेको साक्षात्कारमामा सुर्दशनले बौद्ध धर्मालम्बि पार्टीमा भित्रयाउने बाहानामा पार्टी नेतृत्व चुकेको बताउनुभयो । उहाँले ‘पार्टी भित्रै धेरै सस्म रगतर पसिना बगाएका व्यक्तिको अभवा छैन, किन लामालाई एकाएक टप्प टिपियो, यसवारे पार्टी भित्रै आवाज उठ्छ ।’ विज्ञप्तिमा जनाइएको छ ।

सभासद् बनाएबापत पार्टी अध्यक्ष दहाललाई पाच करोड दिने तथा गाडी दिने भन्ने विषय असत्य रहेको उहाँले बताउनुभयो । उक्त भनाइ अध्यक्षको चरित्रहत्या गर्ने नियमबाट आएको उहाँको आरोप छ ।