प्रश्नावली प्रस्ताव समितिको प्रतिवेदन पारित सँगै संविधानसभाको बैठक अनिश्चितकालका लागि स्थगित

माघ २९, काठमाडौं- संविधान सभामा प्रतिनिधित्व गर्ने ३१ दलमध्ये २९ दलको बहिस्कारका बिच संविधानसभाले प्रश्नावली प्रस्ताव निर्माण समितिको प्रतिवेदन बहुमतले अनुमोदन गरेको छ । बैठकमा जेष्ठ सदस्यका हैसियतले कांग्रेस सभासद् कुलबहादुर गुरुङले प्रतिवेदन पेश गर्नुभएको थियो । प्रस्ताव पेश गर्दै सभासद गुरुङले विवादका १०३ विषयमा २३२ प्रश्न बनाइएको जानकारी दिनुभयो । यस क्रममा उहाले संघीयता, धर्मनिरपेक्ष्ाँता, गणतन्त्र लगायत विषयलाई प्रश्नावलीमा नसमेटिएको बताउनुभयो । विभिन्न दलहरुका अवधारणा लाई फरक मतका रुपमा भने प्रस्तावमा समेटिएको बताउनुभयो ।एकीकृत माओवादीसहितको बिपक्षी मोर्चा र राप्रपा नेपालले भने बैठक बहिस्कार गरेका छन् ।

प्रस्ताव समितिको प्रतिवेदन पारित भएलगत्तै संविधानसभाको बैठक अनिश्चितकालका लागि स्थगित गरिएको छ । यसअघि संविधानका विवादित विषयमा तत्कालै मतदान गराउदा दलहरुबीच बन्न लागेको वातावरण ग्रिन सक्ने भन्दै सभाध्यक्ष्ाँ सुवास नेम्वाङले संविधानसभाको वैठक १० दिनका लागी स्थगित गर्ने तयारी गर्नुभएको थियो । अनुमोदित प्रतिवेदनका कतिपय विषयमा आङ्खनो दलको असहमति रहेको जानकारी नेपाल मजदुर किसान पार्टीका सभासद प्रेम सुवालले बताउनुभयो । प्रस्ताव अनुमोदन भएपछि बैठक अनिश्चितकालका लागि स्थगित गरिएको छ । यो अवधिमा राजनीतिक दलहरुबीच विवादित विषयमा सहमतिको प्रयास गरिने छ । आजको बैठकमा तेस्रो ठूलो दल एनेकपा माओवादी नेतृत्वको मोर्चाका १ सय ४९ सभासदले बहिस्कार गरेका थिए । यसैगरी चौथो ठूलो दल राप्रपा नेपालका २४ सभासद पनि बैठकमा अनुपस्थित भएका छैनन् ।