केही महिनाभित्रै संविधान जारी हुन्छ : भीम रावल

माघ २९, काठमाडौं- नेकपा एमालेका उपाध्यक्ष भीम रावलले केही महिनाभित्रै संविधान जारी हुने दाबी गर्नु भएको छ । प्रेस चौतारी नेपाल कैलालीले आज आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले प्रक्रियाबाट संविधान निमार्ण गर्ने कार्य अघि बढिसकेकाले केही महिनाभित्रै संविधान जारी हुने बताउनुभयो ।

सभासद् रावलले वार्ता र प्रक्रिया संगसंगै लगेर संविधान निर्माण गर्ने बताउनु भयो । त्यसका लागि एमाओवादीसहित मधेसी मोर्चा तयार हुनुपर्ने उहाँको भनाई छ ।