बाग्लुङमा चैत्र २८ गते उपनिर्वाचन गरिने

माघ २९,बाग्लुङ- सरकारले बाग्लुङगको क्षत्र नम्बर एकका सभासद्को निधन भएपछि रिक्त रहेको स्थानमा आगामी चैत्र २८ गते संविधानसभाको उपनिर्वाचन गर्ने निणर्य गरेको छ । मन्त्रीपरिषदकोो आज बसेको बैठकले गएको मंसीर १७ गते सवारी दुर्घटनामा परी ज्यान गुमाउनु भएका काग्रेस सभासद् हरिबहादुर खड्गाको ज्यान गएपछि सो स्थानमा पुनः चुनाव गराउने निणय गरेको हो । बाग्लुङगको पैयुटारमा आयोजित एक कार्यक्रममा सहभागी हुने जाने क्रममा जीप दुर्घटनामा परी सभासद् खड्गाको ज्यान गएको थियो ।यस्तै सरकारले पावर ग्रिड स्थापनाका लागि आवश्यक पर्ने पुजी प्रस्तावलाई स्वीकृत गरेको सरकारका प्रवक्ता मिनेन्द्र रिजालले जानकारी दिनुभयो ।