हङकङको नक्कली आइडी बनाउने गिरोह पुलिसको फन्दामा

माघ २९, काठमाडौं- त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयले किर्ते कागजात बनाएर हङकङ आइडी (आवासीय अधिकार अनुमतिपत्र) बनाउने एक नेपालीलाई पक्राउ गरेको छ।रामेछाप गुप्तेश्वर ७ का द्रोणकान्त तामाङको व्यक्तिगत विवरणसहितको कागजात लिई हङकङको आइडी बनाउने डोरना कान्टा तामाङलाई विमानस्थल अध्यागमन कार्यालयले मंगलबार पक्राउ गरेको हो। उनी हङकङ अध्यागमनको विशेष सूचनाका आधारमा पक्राउ परेका हुन्।
विमानस्थल अध्यामगनले तामाङलाई पक्राउ गरी अध्यागमन विभागको हिरासतमा राखिएको छ भने सँगै आएकी उनकी पत्नी चन्द्रमायालाई छाडिदिएको छ।
विमानस्थल अध्यामगन विभागका प्रमुख गोविन्द कार्कीले तामाङलाई पक्राउ गरी अध्यागमन विभाग पठाएको बताए।
तामाङ नेपाल आउन लागेको थाहा पाएपछि हङकङको विशेष प्रशासकीय अध्यागमन विभागले त्यहाँको नेपाली महावाणिज्य दूतावासमा माघ २६ गते उनलाई पक्राउ गर्न पत्राचार गरेको थियो।
हङकङ अध्यागमन विभागको पत्रका आधारमा त्यहाँको नेपाली महावाणिज्य दूतावासले तामाङको सबै विवरण नेपालको अध्यागमन विभागलाई पठायो।
हङकङ अध्यागमनले तामाङ मंगलबार ड्रागन एयरको विमानबाट काठमाडौं आउँदै गरेको सूचना दिएपछि विमानस्थल अध्यागमन विभागले उनलाई पक्राउ गरेको हो।
अध्यामगन विभागले तामाङलाई पक्राउ गर्न भन्दै विमानस्थल अध्यामगन कार्यालयलाई पत्राचार गरेको थियो।
हङकङ महावाणिज्य दूतावासले त्यहाँको अध्यागमन विभागले पठाएको पत्रसहित नक्कली काम गर्ने तामाङका बारेमा पूर्ण विवरण नेपालको अध्यागमन विभागमा पठाएको थियो।
रामेछापका द्रोणकान्तले सुनसरी जिल्ला प्रशासन कार्यालयबाट नागरिकता लिएका थिए।
उनको नागरिकता कसैले प्रयोग गरेको उजुरी परेपछि जिल्ला प्रशासन कार्यालय सुनसरीले २०६४ जेठ १८ गते द्रोणकान्तको नागरिकता रद्द गरेको थियो। गृह मन्त्रालयले द्रोणकान्तले सुनसरीबाट लिएको नागरिकताको प्रमाणपत्र रद्द गरेको पुष्टि गरेको छ।
अध्यागमन विभागले उक्त पत्र सहित, हङकङस्थित महावाणिज्य दूतावास र हङकङ अध्यागमनको पत्रलगायका सम्पूर्ण विवरण विमानस्थल अध्यागमन कार्यालयमा पठाएको थियो।
रामेछाप गुप्तेश्वर ७ का द्रोणकान्त तामाङको व्यक्तिगत विवरणसहितको कागजात लिई हङकङको आइडी बनाउने डोरना कान्टा तामाङलाई विमानस्थल अध्यागमन कार्यालयले मंगलबार पक्राउ गरेको हो।
हङकङ प्रहरीले डोरनाले नक्कली कागजातमा आइडी बनाएको थाहा पाएपछि अनुसन्धान सुरु गरेको थियो।
अध्यामगन विभागले किर्ते गरी गैरकानुनी रूपमा अर्काको नाममा नक्कली कागजात बनाउने डोरना हङकङबाट नेपाल फर्कन लागेको सूचना पाएकाले निजलाई कानुनबमोजिम आवश्यक कारबाही गर्नका लागि यस कार्यालयमा पठाइदिन भन्दै विमानस्थल अध्यागमनलाई पत्र लेखेको थियो।