जिल्ला स्तरीय राष्ट्रपति रनिङ सिल्डका छनौट खेलहरु हुदै

माघ २९,रामेछाप- रामेछापमा जिल्ला स्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता–२०७१ का लागि छनौट खेलहरु सुरु भएको छ । जिल्ला खेलकुद विकास समिति रामेछापले राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिताका लागि छनौट खेलहरु सञ्चालन गरिरहेको छ ।

त्यसका लागि ठोसेको सारदा उमाबिमा भइरहेको छनौट खेलमा क्षेत्र नम्बर १ का १६ ओटा टिमले सहभागीता जनाएका थिए । प्रतियोगिता अन्तरगत हिजो भएको खेलमा भलीबल, रनिङ, एथ्लेटिक्सलगाएतका खेलहरु भएका थिए ।