आज नेपाल पुलिस र थ्रीस्टार क्लब भिड्दै

माघ २९, पोखरा – पोखरामा जारी आहा–रारा गोल्डकप फुटबल प्रतियोगितामा आजदेखि सेमिफाइनलको खेल शुरु हुनेछ । दिउँसो पोखरा रंगशालामा हुने पहिलो सेमिफाइनमा आज नेपाल पुलिस र थ्रीस्टार क्लब भिड्नेछन् ।

यसैबीच विराटनगरमा आजदेखि विराट गोल्डकप फुटबल प्रतियोगिता आजदेखि शुरु हुँदैछ । दिउँसो हुने उद्घाटन खेलमा रुपन्देही र मोरङ फुटबल क्लब भिड्ने भएका छन् । फागुन ९ गतेसम्म चल्ने प्रतियोगितामा नेपाल र भारतका गरी १० वटा ए डिभिजनका टिमहरुको सहभागिता रहने भएको छ । प्रतियोगिताको विजेताले ५ लाख रुपैयाँ पाउनेछ भने उपविजेताले ३ लाख रुपैयाँ पाउनेछ ।