दालमोठ उधोगमा आगलागी चार लाख मूल्य बराबरको मालसामान नष्ठ

माघ २८, बागलुङ – बागलुङमा सञ्चालित एक दालमोठ उधोगमा आगलागी हुदा लाखौ मूल्यको धनमाल जलेर नष्ठभएको छ । बागलुङ नगरपालिका–२ श्रीनगर टोलमा रहेको मनसुन दालमोठ उधोगमा आगलागी हुदा चार लाख मूल्य बराबरको मालसामान नष्ठ भएको हो ।

उधोगमा रहेको भट्टी विस्फोट भएपछि आगलागी भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । दालमोठ पकाउन लाग्दा डिलेल भट्टीको डिजेल पाइप बुझिएर भट्टी विस्फोट भएको उधोगका सञ्चालक यमप्रसाद कडेलले बताउनुभयो ।