ओबामा सि जिनपिङ्बीच फोनवार्ता, नयाँ लगानी नीतिबारे कुराकानी

माघ २८, वासिङ्टन – अमेरिकी राष्ट्रपति बाराक ओबामा र चिनिया राष्ट्रपति सि जिनपिङबीच फोनवार्ता भएको छ । सो वार्ताका क्रममा उहाहरुले आगामी दिनका लागि यी दुईबीचको आर्थिक सम्बन्धलाई कसरी मजबुद र फलदायी बनाउने भन्ने बारेमा छलफल गर्नुभएको बताइएको छ ।

उहाहरुबीच नया लगानी सम्झौता बारे सहमति भएको ह्वाइट हाउसले जनाएको छ । सो क्रममा उहाहरुले द्विपक्ष्ँीय लगानीका क्षत्रमा आगामी दिनमा गरिने लगानीसम्बन्धी सन्धीका बारेमा पनि कुराकानी गर्नुभएको बताइएको छ । सो नया लगानी नीतिले चीन र अमेरिका सम्बन्धमा नयाआयाम थप्नेतर्फ कुराकानी भएको जनाइएको छ । एजेन्सी