नहरमा जिप खस्दा चालकको मृत्यु, दुई घाइते

माघ २८, परासी । नवलपरासीको प्रतापपुर–४ स्थित गण्डक नहरमा जिप खस्दा जिप चालकको मुत्यु भएको छ भने दुईजना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालयका अनुसार प्रतापपुरबाट महलबारीतर्फ जाँदै गरेको लु१ज २४६९ नम्बरको जिप गण्डक नहरमा खस्दा जिपका चालक नवलपरासी रुपौलिया–५ बस्ने ३४ वर्षीय किसान न्यौपानेको मृत्यु भएको हो ।

दुर्घटनामा परी दुईजना घाइते भएका छन् । दुर्घटनामा परी घाइते दुवैको नवलपरासीको चौपत्ता सामुदायिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।