आन्दोलन छाडेर सहमतिमा आउनुहोस् : नेता नेपाल

माघ २८,भैरहवा – एमाले नेता माधवकुमार नेपालले एकीकृत नेकपा माओवादीसहितका ३० दलीय मोर्चालाई आन्दोलनको बाटो त्यागेर वार्ता र संवादको बाटोमा आउन आग्रह गर्नु भएको छ । प्रेस चौतारी नेपाल रुपन्देहीले आज बिहान भैरहवामा आयोजना गरेको पत्रकार सम्मेलनमा नेता नेपालले यस्तो आव्हान गर्नुभएको हो ।

पत्रकार सम्मेलनमा नेता नेपालले एमाओवादीका कारण तोकिएको समयमा संविधान जारी गर्न नसकिएको बताउदै सबैको साझा प्रयासमा संविधान जारी गर्न सकिए संविधान दिगो हुने बताउनुभयो । नेता नेपालले सहमतीय बाटोबाट अगाडि बढ्नका लागि वार्तामा आउन आग्रह गर्नुभयो ।
संविधान निर्माण लागि सहमतिको अधिकतम प्रयास गर्दागर्दै पनि एमाओवादी सहमतिमा नआएपछि संविधानसभा प्रक्रियामा अगाडि बढेको उहाको भनाइृ छ । मुलुकको भौगोलिक विविधतालाई सम्पत्तिका रुपमा स्वीकार गर्दै जानुपर्नेमा जोड दिदै उहाले एकल जातीय पहिचानका आधारमा राज्यको विभाजन तथा नामाकरण हुन नसक्ने स्पष्ठ पार्नुभयो