ताप्लेजुङमा एम्बुलेस दुर्घटनामा परी चालकको मृत्यु

माघ २८, ताप्लेजुङ – ताप्लेजुङमा एम्बुलेस दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । सदरमुकाम फुङलिङबाट नाङ्खोल्याङमा बिरामी पु¥याएर फर्किदै गरेको एम्बुलेन्स दुर्घटना हुँदा चालक २१ वर्षका पदमकुमार राईको मृत्यु भएको हो ।

नाङ्खोल्याङ ३ का बिरामी पु¥याएर फर्किँदै गरेको मे १ च ३२३४ नम्बरको अधिकारी स्मृति प्रतिष्ठान द्धारा सञ्चालित एम्बुलेन्स गए राती नाङ्खोल्याङ ६ स्थित मेचि राजमार्ग अन्तर्गत खपरे भीरमा दुर्घटनामा परेको प्रहरीले जानकारी दिएको छ । एम्बुलेन्स सडकबाट करिब एक सय मिटर तल खसेको छ । दुर्घटनाको कारण भने खुल्ल नसकेको प्रहरीजे जनाएको छ ।