सत्तापक्ष र प्रतिपक्ष विचको सम्वादहिन्ताको अवस्था भने कायमै

माघ २८, काठमाडौं – प्रमुख राजनीतक दलहरुविचको अन्यौल्ता हटाउँन विभिन्न पहल भए पनि सत्तापक्ष र प्रतिपक्ष विचको सम्वादहिन्ताको अवस्था भने कायमै रहेको छ । प्रश्नावली प्रस्तव निमार्ण समीती गठन पछि आ—आफ्नो अडानका साथ अडिक रहेका दलहरु विच सहमतीको कुनै सम्भावना देखिएको छैन । प्रक्रियामा संविधान जारी गर्न अघि सरेको सत्ता पक्ष र प्रक्रियाको खारेजिको माग गर्दै आन्दोलनको घोषणा गरेका प्रतिपक्ष विच आज सम्म सहमती नभए यहि अन्यौल्तको विचमा संविधान निमार्णको काम थालीने भएको छ ।

प्रश्नावली प्रस्ताव समीतीले गठन गरेको उपसमीतीद्धारा प्रश्नहरु तयार भै सकेको र भोलीको संविधानसभाको बैठकबाट प्रक्रिया थालीने यस अघि नै संविधानसभाका सभाध्यक्ष सुवास चन्द्र नेम्वाङले बताउँनु भएको छ । आज सम्म दलहरुले कुनै पनि सहमतीको बटो नऔंल्याए प्रक्रियामा मतदान सुरु हुने सभाध्यक्ष नेम्वाङले बताउँनु भएको हो । प्रमुख प्रतिपक्ष एमाओवादी नेतृत्व मोर्चालाई प्रधानमन्त्रि सुशिल कोईरालाले औपचारीक रुपमा वार्ताको आवहन गरे पनि आफुहरुको मागको सम्बोधन हुने सम्भवन नभएको भन्दै वर्ता अस्वीकार गरेको छ । विपक्ष मोर्चाले प्रक्रिया नरोके आन्दोलन चर्काउँने बताएकमे छ भने सत्तापक्षले पनि कुनै हालतमा प्रक्रिया नरोकीने बताएको छ ।
यसैविच राप्रपा नेपालले पनि आज सम्म आफ्नो माग सम्बोधान नगरी प्रक्रिया अगाडि बढाए भोलीको संविधानसभा अवरुद्ध गर्ने बताएको छ ।