भारतमा नेपाली युवतीलाई बलात्कार गर्नेमा नेपाली मुलका पनि

माघ २७, काठमाडौँ -उपचार गर्न भारत पुगेकी नेपाली युवतीलाई बलात्कारपछि हत्या गरेको आरोपमा प्रहरीले सोमबार आठ अभियुक्तलाई पक्राउ गरेको छ । मानसिक समस्या भएकी ती युवतीलाई ढुंगाले टाउकोमा हानेर अचेत भएपछि सामुहिक बलात्कार गरिएको प्रहरीले जनाएको छ । यो घटना प्रकाशमा आएपछि भारतभर उग्र रोष प्रकट भएको थियो ।

प्रहरी महानिर्देशक यसपाल सिंघलले पक्राउ परेका आठमध्ये एक नेपाली मुलका भएको बताएका छन् । सन्तोष नामका ती युवक सामुहिक बलात्कारका अर्का आरोपीको पसलमा काम गर्ने बताइएको छ । बाकी सातजना हरियाणाको रोहतक सहर नजिकको गाउका बीसदेखि ३० वर्षउमेर समुहका युवा भएको बताइएको छ । घटनामा संलग्नमध्ये एक अझै फरार छन् । कान्तिपुर दैनिकमा समाचार छ ।

२८ वषिर्या ती युवती उपचारका लागि भारत पुगेकी थिइन् । उनी रोहतकमा दिदीसंग बस्दै आएकी थिइन् । गएको फेब्रुअरी १ देखि उनी बेपत्ता थिइन् ।