प्रधानमन्त्रीको आह्वान अस्पष्ट र भ्रामक छ, वार्तामा बस्दैनौः विपक्षी मोर्चा

माघ २६,काठमाडौँ- एमाओवादी नेतृत्वको विपक्षि मोर्चाले प्रधानमन्त्री सुशील कोइरालाले गर्नुभएको वार्ता आह्वान अस्पष्ट र भ्रामक भएको निश्कर्È निकाल्दै वार्तामा नबस्ने निणर्य गरेको छ ।

एमाओवादीको संसदीय दलको कार्यालय सिंहदरवारमा आज बसेको मोर्चाको बैठकले प्रधानमन्त्रीको लिखित आह्वानमा विपक्षि को माग सम्बोधन नभएकोले वार्तामा नबस्ने निणर्य गरेको हो । बैठकपछि विपक्षि मोर्चाका प्रवक्ता पे्रबहादुर सिंहले प्रधानमन्त्रीको आह्वानमा मोर्चाको माग सम्बोधन नभएकोले बार्तामा नबस्ने निर्णय भएको जानकारी दिनुभयो । वार्ताको आह्वान अस्पष्ट तथा भ्रामक भएको मोर्चाले ठहर गरेको प्रवक्ता सिंहले बताउनु भयो ।
बैठकले वार्तामा बस्नको लागि माघ ११ गते गठन गरिएको प्रश्नावली निर्माण समिति खारेज हुनुपर्ने माग दोहोर्याएको छ । प्रधानमन्त्रीले मोर्चाको मागहरु सम्बोधन गरेर अर्काे पत्र लेखेमात्र वार्तामा बस्न निणर््ँय गरेको प्रवक्ता सिंहले जानकारी दिनुभयो ।