नेपाल प्रज्ञा प्रतिष्ठानले आज राष्ट्रिय कविता महोत्सव आयोजना गर्दै

माघ २६,काठमाडौँ- नेपाल प्रज्ञा प्रतिष्ठानले आज राष्ट्रिय कविता महोत्सव आयोजना गर्दै छ । प्रतिष्ठानको बार्षिक उत्सवको अवसर पारेर आयोजना गरिएको महोत्सवमा ३२ वटा कविता प्रतियोगीताका लागि छानिएका छन् । महोत्सवका लागि देशभरबाट कविता आह्वान गरिएको थियो । प्रतिष्ठानलाई ५३ जिल्लाबाट प्राप्त २ सय ७६ कविता मध्येबाट ३२ कविका एक–एक वटा कविता प्रतियोगिताका लागि छानिएको छ ।

दिउँसो साढे १२ बजे पछि प्रज्ञाभवन कमलादीमा हुने औपचारिक कार्यक्रममा कविहरुले आ–आफ्ना कविता बाचन गर्नेछन् । महोत्सवमा २५ जना अतिथि कविका कविताहरु पनि बाचन हुने नेपाल प्रज्ञा प्रतिष्ठान काव्य विभागले जनाउको छ ।

प्रतियोगितामा उत्कृष्ट कविले २० हजार रुपैयाँ पाउने छन् । दोस्रो हुनेले १५ हजार र तेस्रो हुनेले १० हजार रुपैयाँ पाउने छन् । थप दुईजना कविलाई पनि प्रोत्साहन स्वरुप १०–१० हजार रुपैयाँ नै दिइने प्रज्ञप्रतिष्ठानले जननाएको छ । गत असार ९ गते नै कविता महोत्सव हुनुपर्नेमा प्राज्ञपरिषद गठन नभएकोले ७ महिना ढिलो गर्न लागिएको हो ।