विपक्षीको धारणा आज बन्ने

माघ २६,काठमाडौँ- प्रधानमन्त्री सुशील कोइरालाले गर्नुभएको वार्ता आह्वान अपुरो रहेको प्रारम्भिक धारणा बनाएको विपक्षी ३० दलीय मोर्चाले आज औपचािरक धारणा सार्वजानिक गर्ने भएको छ ।

प्रधानमन्त्रीको वार्ता आह्वान बारे औपचारिक धारणा तय गर्न मोर्चाको बैठक अहिले बसिरहेको छ । सिंहदरबारस्थित एमाओवादी संसदीय दलको कार्यालयमा जारी बैठकमा प्रधानमन्त्रीको लिखित वार्ता प्रस्ताब बारे छलफल गरि प्रधानमन्त्रीलाई जवाफ दिइने मोर्चाका प्रवक्ता प्रेम बहादुर सिंहले जानकारी दिनुभयो ।

प्रधानमन्त्री सुशील कोइरालाले संविधान निर्माण प्रक्रियाप्रति असन्तुष्ट जनाउदै आन्दोलनरत एकीकृत नेकपा माओवादी, मधेसी मोर्चा लगायतका दलहरुलाई वार्तामा आउन हिजो लिखित रुपमा आह्वान गर्नुभएको थियो ।
नयाँ संविधान जारी गरी जति सक्दो छिटो देशलाई निकास र जनतालाई विकास दिनु पर्ने अवस्थामा कतिपय दलहरु आन्दोलनको कुरा गरिरहेको उल्लेख गर्दै कोइरालाले तत्काल वार्तामा आउन आग्रह गर्नुभएको थियो ।