अब तालिका बाहिरको लोडसेडिङ हट्ने, राष्ट्रिय प्रसारण लाइनमा ६२ मेघावाट विद्युत थप

माघ २६, काठमाडौं -नेपाल विद्युत प्राधिकरणको राष्ट्रिय प्रसारण लाइनमा एक साताभित्रै ६२ मेघावाट विद्युत थपिएको छ । यति ठूलो परिमाणमा विद्युत थप भएपछि लोडसेडिङको समयावधि केही कम हुने प्राधिरकण भारप्रेषण केन्द्रका निर्देशक भसवन क्षत्रीले बताए ।

मध्यमस्र्याङ्दी जलविद्युत आयोजनाबाट ३६ मेघावाट, भारतबाट आयात गरिएको २० मेगावाट र माई जलविद्युत आयोजनाबाट उत्पादन भएको ६ मेगावाट गरी ६३ भेगावाट विद्युत राष्ट्रिय प्रसारण लाइनमा थप भएको अभियान दैनिकमा खबर छ ।

‘थप विद्युतबाट तालिकामा नरहेको थप लोडसेडिङको अन्त्य हुनेछ,’ निर्देशक क्षत्रीले भने  । यसअघि प्राधिकरणको तालिकाअनुसार बढीमा दैनिक ११ घन्टा लोडसेडिङ गर्ने भनिएको भए पनि तोकिएको समयभन्दा बढी पनि विद्युत कटौती गर्दै आएको थियो ।