नक्कली नोटसहित एक भारतीय पक्राउ

माघ २६,काठमाडौँ- नक्कली नोट सहित शुक्रबार पक्राउ परेका भारतीय नागरीक श्रीनिवास राव नक्कली नोट कारोबार गर्ने गिरोहका सदस्य रहेको रहस्य पत्ता लागेको छ । नेपालको सामान भारतमा आपुर्ति गर्ने नाममा अभियुक्त रावले भारतबाट नै नक्कली नोट उत्पादन गरी नेपाल आएर प्रयोग गर्ने गरेको बताएको छ ।

सो समुहले नेपालको पहाडी जिल्लामा समेत नक्कली नोट प्रयोग गर्ने पाईएको छ । महानगरीय प्रहरी बृत्त जनसेवाका अनुसार अभियुक्त रावको भारतको झारखण्ड राचिस्थीत् निवासमा पनि खानतलासी गर्न भारतीय प्रहरीसंग कुटनीतीक तहबाट छलफल गरीने भएको छ । सुन्धारास्थीत् लुम्बीनि होटलमा २२ गते देखी बस्दै आउनुभएका रावले परोपकार भिमसेनस्थीत अञ्जु कस्मेटीक पसलमा सामान खरीद गरी नक्कली रुपैया दिएका थियो ।