स्कुटरको ठक्करबाट बृद्धाको ज्यान गयो

माघ २६,काठमाडौँ- काठमाडौंको ठूलो भर्याङमा गएराती स्कुटरको ठक्करबाट एक जनाको ज्यान गएको छ । बा ६४ प ३९८ नम्बरको स्कुटरको ठक्करबाट गोरखा घर भई हाले इंचगु निवासीे ६० वर्षिया पेमा लामाको ज्यान गएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार दुर्घटनामा स्कुटर चालक सर्लाहीका मोहन शाह र पछाडि बस्ने काभ्रेका उमेश चालिसे पनि घाइते भएका छन् ।