प्रस्तावित समितिको बैठक बस्दै, प्रश्नावलीलाई अन्तिम रुप दिने

माघ २६,काठमाडौँ- संविधानका विवादीत विषयमा प्रश्नावली तयार गर्न पाँच दिन थप समय पाएको पस्ताव निर्माण समितीको बैठक आज बस्दै छ । विहान ११ बजे सिंहदरबारमा बस्ने बैठकमा प्रश्नावली मस्यौदा समितिले तयार पारेको प्रश्नाहरुको बारेमा छफफल गरी अन्तिम टुङ्गो लगाइने जनाएको छ ।

प्रश्नावली मस्यौदा उपसमितिले हिजो सम्म छलफल गरी संविधानका सबै विवादित विषयमा गरी २६५ वटा प्रश्नाहरु तयार गरि मुल समितिसमक्ष बुझाइसकेको छ । उपसमितिले हिजो राज्य पुनसंरचना बारेमा ७२ वटा प्रश्नाहरु तयार पारेको छ । आजको बैठकमा विषेश गरी राज्यपुनसंरचनाको बारेमा तयार पारिएको प्रश्नावलीमाथि छलफल गरी टुङ्गो लगाइने जनाएको छ ।

उपसमीतीले राज्यपुनसंरचनाकासाथै संविधानका प्रस्तावना, संविधान संशोधन, मौलीक हक अधिकार, न्याय प्रणाली, शासकीय स्वरुप, संबैधानिक निकाय, मौलिक हकको बरोमा २६५ वटा प्रश्नावली तयार पारिएको छ । प्रश्नावली तयार भएपनि संविधानसभाको सो प्रक्रियाको बारेमा विपक्षी एकीकृत माओवादी, मधेश केन्द्रीत दलहरु, संघीय समाजवादी लगायतका १९ वटा दलहरुले असहमति जनाउदै संविधानसभा बैठक बहिष्कार गर्दै आएका छन् । विपक्षी दलहरुले प्रक्रियाप्रति असहमति जनाउदै समितिमा सदस्यहरुको नामावली समेत पठाएको छैन ।