सहमति गर्न दलहरुले इच्छा देखाएनन : सभामुख

माघ २५,इलाम – संविधानसभाका अध्यक्ष सुबासचन्द्र नेम्वाङले संविधानका सबैजसो अन्तरवस्तुहरुमा सहमति भइसकेको बताउनु भएको छ । यधपि दलहरुको आ-आफ्नै अडानको कारण सहमति हुन नसकेको उहाँको भनाई छ । इलाममा सञ्चारकर्मीहरुसग कुरा गर्दै उहाँले संविधान निर्माणमानै पाँच बर्ष बितेकाले अब ३ बर्ष त्यसै गुर्जान नहुने बताउनु भएको छ ।

उहाँले अबको दुईतीन महिना भित्र पनि संविधान जारी गर्न नसके अहिले सम्ममा सबै उपलब्धी गुमाउनु पर्ने स्पष्ट पार्नुभयो । उहाँले दलहरुलाई छिटो वार्तामा बस्न पनि आग्रह गर्नुभएको छ ।