वार्तामा बस्न तयार छौ : अध्यक्ष दाहाल

माघ २५,काठमाडौँ – एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले सत्तारुढदलले सहमतिकै आधारमा संविधान निर्माण गर्ने विश्वासिलो वातावरण बनाए आफूहरु वार्तामा बस्न तयार रहेको बताउनु भएको छ । सिरहामा सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष दहालले हामी विश्वासको वातावरण बनेमा अफुहरु वार्तामा बस्ने बताउनु भएको हो ।

सहमतिकै आधारमा संविधान बनाउछौं भनेर सरकारको तर्फबाट प्रधानमन्त्रीले वक्तव्यमार्फत भन्नेमा आफुहरु लचिलो हुने उहाँको भनाई छ । विस्तृत शान्ति सम्झौता, अन्तरिम संविधानको भावना विपरीत संविधानसभामा बहुमतीय प्रक्रिया सुरु गर्नु दुर्भागयपूर्ण हुने उहाँको भनाई छ ।
अध्यक्ष दाहालले शतारुढदलले बहुमतीय प्रक्रियालाई रोकेर सहमतिबाटै संविधान निर्माणको विश्वासिलो वातावरण नबनाए मुलुक द्वन्द्वमा फस्नसक्ने चेतावनी दिनुभयोे । राजनीतिक दलहरुबीच केही मतमतान्तरहरु भए पनि अन्तिममा सहमतिमा पुग्ने नेपाली राजनीतिको विगतको परम्परा नै देखिएको उल्लेख गर्दै उहाँले वर्तमान गतिरोध पनि सहमतिबाटै टुङगिने दाबी समेत गर्नुभयो ।एक अर्को प्रसङगमा अध्यक्ष दाहालले राजनीतिक रुपमा दलहरुबीच मतमतान्तर बढे पनि विकास निर्माण दलहरु एक भएर अघि बढ्ने प्रतिबद्धता जनाउनुभयो ।