जापानी सुरुङ प्रविधि बुझ्दै अर्थमन्त्री जापानमा

माघ २५, काठमाडौँ । अर्थमन्त्री डा रामशरण महत ७ सदस्यीय टोली सहित जापान प्रस्तान गरेका छन् । सडक विस्तारमा नयाँ प्रविधि भित्र्याने विषयमा अध्ययन छलफल गर्न डा महतसँग अर्थमन्त्रालयका उपसचिव युगराज पाण्डे, सडक विभागका महानिर्देशक माधवकुमार कार्की, उपमहानिर्देशक सञ्जयकुमार श्रेष्ठ, सीडीई नविनकुमार पोखरेल, अनन्तप्रसाद पौडेल र शिवप्रसाद नेपाल पनि गएको परराष्ट मन्त्रालयले जनाएको छ । टोली गएराती त्यसतर्फ प्रस्थान गरेको हो ।

सडक विकासमा जापानी सुरुङ प्रविधि नेपाल भित्र्याउने चर्चा चलीरहेका बेला डा महत नेतृत्वको टोली जापान गएको हो । टोलीले जापानको सहयोगमा काठमाडौंदेखि नौविसे जोड्ने टनेलका बारेमा प्रविधिको प्रभावकारिता अध्ययन गर्नेछन् । उक्त टनेल सडकलाई जापानको अन्तर्राष्ट्रिय सहयोग नियोग जाइकाले अगाडि बढाइरहेको छ । सो अवसरमा अर्थमन्त्री महतले उच्चस्तरीय भेटघाट गर्ने कार्यक्रम पनि गर्ने बताइएको छ ।