सवारी साधानमा भाडा समायोजन सम्बन्धी आज छलफल हुदै

माघ २५ ,काठमाडौँ- सरकारले काठमाडौं उपत्यकालगायत देशभर चल्ने सार्वजनिक सवारी साधनको भाडा घटाउने तयारी थालेको छ । पेट्रोलियम पदार्थको मूल्यमा भारी गिरावट आएपछि सवारी साधनको भाडा दर कम गराउन लागिएको यातायात व्यवस्था विभागले जनाएको छ । पेट्रोलीयम प्रदार्थको मुल्यमा पटक पटक समायोजन भए पनि सर्वाजनीक सवारी साधनमा भने भाडा दर नघटेको भन्दै विरोध हुन थाले पछि भाडा समायोजनका लागी आज छलफल हुने भएको छ ।

भाडा दर समायोजन गर्न आज दिउँसो २ बजे यातायात व्यवसायी र विभागका अधिकारीबीच छलफल हुने भएको हो । पछिल्लो समय इन्धनको मूल्यमा भारी गिरावट आएपनि सवारी साधनको भाडा नघटाइएको भन्दै विद्यार्थी संगठनहरुले हिजो विभागका महानिर्देशक बुर्लाकोटीलाई भेटेर ज्ञापनपत्र बुझाउँदै तिन दिने अल्टीमेटम दिएका छन् । अहिले कायम भाडामा कम्तिमा पनि ५ प्रतिशत घटाउनुपर्ने विद्यार्थी संगठनहरुको माग रहेको छ ।