आहा रारा गोल्डकपमा आज कुनै पनि खेल नहुने

माघ २५ ,पोखरा- पोखरामा जारी आहा रारा गोल्डकपको १३ औं संस्करण अन्तर्गत आज कुनै पनि खेल नहुने भएको छ । इलाममा भएको माईभ्याल्ली गोल्ड कप प्रतियोगितका कारण आज पोखरारंगशालमा कुनै पनि खेल नहुने भएको हो । नियमित तालिका अनुसार आज हुने भनिएको दोस्रो क्वाटरफाईनल खेल भोली मात्र हुने भएको छ । दोस्रो क्वाटरफाईनलमा पाहुना टिम अल्डरसट टाउँन र नेपाल एपीएफ विच प्रतिष्पर्धा हुने छ ।

तेस्रो क्वाटर फाईनलमा भने माईभ्याल्ली गोल्ड कप विजेता थ्रिस्टार र झापा ११ विच प्रतिष्पर्धा हने छ त्यसैगरी अन्तीम क्वाटरफाईनलमा त्रिभुवन आर्मी र मनाङविच प्रतिष्पर्धा हुने भएको छ । प्रतियोगिताको फाईनल खेल भने फागुन २ गते हुने भएको छ ।