उपसमितिले प्रश्नावली बनाउने काम आज सक्ने

माघ २५ ,काठमाडौँ- संविधानका विवादीत विषयमा प्रश्न तयार गर्न गठित प्रश्नावली पस्ताव समितीको बैठक आज बस्दै छ । आज दिउँसो बस्ने बैठकमा उपसमिीतीले तयार पारेको राज्यपुन संरचना बाहेकका बुझाउँन बाँकी प्रश्नहरु पेस गर्ने जनाएको छ ।

उपसमितीले राज्यपुन संरचना बाहेकसबै विषयमा प्रश्न तयार गरे संगै आजको बेठकमा पेस गर्ने भएको हो । एमले प्रमुख सचेतक अग्नी खरेलको संयोजक्त्वमा रहेको उपसमीतीले प्रस्तावना, संविधान संशोधन, मौलीक हक अधिकार, केन्द्र र प्रदेशको संसद संख्या, राष्ट्रिय सभाका सदस्य संख्या, निर्वाचन प्रणाली, संबैधानिक आयोग, शासकिय स्वरुप र न्याय प्रणालीमा १७० ओटा प्रश्न तयार गरी पेस गरि सकेको छ । सबै विषयमा प्रश्न तयार भए पनि बाँकी रहेको राज्यपुन संरचनाको विषयमा भने एक चरण छलफल भएको अब पुनं छलफल हुने जनाईएको छ ।

अन्य विषयको सबैप्रश्नहरु भने आजको प्रस्ताव समीतीमा छलफल भैई पारित हुने समिती सदस्य उषा गुरुङले जानकारी दिनु भयो ।
संविधानसभामो निर्देशन बमोजिम समितीले मंगलबार सम्म प्रश्न बनाई सक्नु पर्ने प्रावधान रहेको छ । सबै विषयमा प्रश्न तयार भए पछि २९ गतेको संविधान सभाको बैठकमा समितीले तयारी प्रतिवेदन पेस हुनेछ । गत १७ गते देखि २१ गते सम्म पहिलो म्याद रहेको समितीलाई थप प्रश्न बनाउँन २२ माघमा ५ दिनको म्याद थपिएको थियो । ७३ जना सदस्यीय रहेको समितीमा प्रतिपक्षले आफ्नो नाम नदिए पछि ४९ जनामा सिमति रहेको छ ।