विकाशका लागी उद्योग विभाग शक्तिशाली हुनुपर्छ : मन्त्री बस्नेत

माघ २४, बनेपा-उद्योग मन्त्री महेश बस्नेतले उद्योग विभागलाई शक्तिशाली बनाउनुपर्नेमा जोड दिएका छन् । बनेपामा आयोजीत एक कार्यक्रममा बोल्दै मन्त्री बस्नेतले एक निर्वाचन क्षेत्रमा एक औद्योगिक ग्रामको अवधारणालाई स्थापित गर्नुपर्ने अवधारणा आवश्यक रहेको औँल्याए । औद्योगिक व्यवसायी ऐन अन्तिम चरणमा पुगेको बताएका छन् ।

घरेलु तथा साना उद्योग विभागले धुलिखेलमा दुई दिनसम्म आयोजना गरेको वार्षिक बजेट तर्जुमा गोष्ठीको समापनमा उनले ऐन लगभग अन्तिम अवस्थामा पुगेको र केही दिनमा नै संसदबाट पास हुने बताए ।

कृषिजन्य र पर्यटनसम्बन्धी साना उद्योग दर्ताको दायरामा नआएकाले अवैध रुपमा सञ्चालन भएको उल्लेख गर्दै मन्त्री बस्नेतले त्यस्ता उद्योगलाई दर्ताको दायरामा ल्याउनुपर्ने धारणा राखेका छन् ।  घरेलु तथा साना उद्योगको विकासका लागि बजेटको आकार सानो भएको उल्लेख गर्दै उनले आगामी वर्ष बजेटलाई समयसापेक्ष बनाइने बताए ।