माइभ्याली गोल्डकपको उपाधि भिडन्त आज

माघ २४,इलाम-इलाममा जारी माइभ्याली गोल्डकप फुटबल प्रतियोगिताको उपाधि भिडन्त आज हुँदैछ । दिउँसो हुने खेलमा उपाधिका लागि त्रिभुवन आर्मि र थ्रिस्टार क्लबले प्रतिस्पर्धा गर्नेछन् । ए डिभिजन खेलेका खेलाडिको बाहुल्यता रहेको दुवै टोलि माइभ्याली गोल्डकप जितर फर्कने दाउँमा छन् । थ्रिस्टार कप्तान सागर थापा र आर्मि कप्तान राजु तामाङ सहित प्रतिस्पर्धामा उत्रदैछ । प्रतियोगितामा थ्रिस्टारले सिक्किमको सुनाल्चु क्लबलाई ४—० ले र सेमिफाइनलमा पुलिस क्लबलाई ट्राइब्रेकरमा ४—२ ले हराएको थियो । आर्मीले झापा ११ लाई १—० तथा सेमीफाइनलमा रुपन्देही ११ लाई ३—० ले हराउदै फाइनल पुगेको हो ।