विधानसभाका लागि नयाँदिल्लीमा मतदान जारी

काठमाडौँ -भारतको राजधानी नयाँदिल्लीमा विधानसभाका लागि आज बिहानैदेखि मतदान भइरहेको छ । मुख्यमन्त्रीका लागि भारतीय जनता पार्टीका किरण बेदी, आम आद्मी पार्टीका अरविन्द केजरीवाल र कांग्रेस आईका अजय माकनले उम्मेदवारी दिएका छन् । यस निर्वाचनमा केजरीवाल र बेदीलाई प्रमुख प्रतिस्पर्धीको रुपमा हेरिएको छ । तर, निर्वाचन पूर्वका भारतीय सर्वेक्षणहरुले वेदीभन्दा केजरीवाललाई अगाडि देखाएका छन् । गतवर्षमात्रै आमनिर्वाचन जितेर भारतीय जनता पार्टीले बहुमतको सरकार बनाएपछि आज पुनः निर्वाचन भएको हो । विधानसभाको ७० सिटका लागि भइरहेको मतदानमा एक करोड ३३ लाख १४ हजार २ सय १५ मतदाता छन् । कुल सीटमध्ये ५८ सीट सामान्य श्रेणीमा छन् भने १२ अनुसूचित जातिका लागि आरक्षित छन् । चुनावमा ६ सय ७३ उम्मेदवार मैदानमा उत्रिएका छन् ।