बहुपहिचानको संघियतामा सहमति गर्ने वातावरण मिलाए वार्तामा बस्छौँ : प्रचण्ड

माघ २४,सुनसरी-ड्ड    एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आप्mनो पार्टीलाई कांग्रेस–एमालेले एकल जातीय कुरा गरेको झुटो आरोप लगाएको बताएका छन् । आज  सुनसरीको इटहरीमा पत्रकार सम्मेलनमा अध्यक्ष प्रचण्डले कांग्रेस र एमालेले बहुजातीय मुलुकमा एकल जातीय कुरा गरेर विभिन्न जातजातीहरुलाई भिडाउन खोजेको बताए ।

एउटै राजा एउटै देश, एउटै भाषा एउटै भेष भन्ने गित गाएर कांग्रेस, एमाले यही गीतको इसारामा चल्न खोजेको प्रचण्डको भनाई छ । उहाँले सहमतिमा संविधान जारी गर्न एकीकृत माओवादी अत्यन्तै लचक भएकाले बताउँदै सत्तारुढ दलहरुले सहमतिको बातावरण मिलाए वार्तामा बस्ने धारणा राखे  । कागं्रेस र एमालेले सहमतिमा संविधान जारी गर्न वार्ता र छलफलको माध्यमबाट पहल गरे बहुपहिचानसहितको संघियतामा एकीकृत माओवादी सहमति गर्न तयार भएको उनको तर्क थियो ।