आगलागीबाट दश लाखको क्षति

माघ २४, सप्तरी- सप्तरीमा आगलागी हुँदा करिब १० लाख बराबरको धन माल नष्ट भएको छ । आगो ताप्ने क्रममा घुरबाट भएको आगलागीका कारण मल्हनिया गाविस–१ का सहदेव मुखियाको गाईगोठमा आगलागी हुँदा छिमेकी महेन्द्र मुखिया, कृषनीदेवी मुखियालगायतका आधादर्जन घरमा आगलागी भएको प्रहरीले जनाएको छ । स्थानीय बासिन्दा र प्रहरीको सहयोगमा आगो नियन्त्रणमा लिइएको सो आगलागीबाट पीडितको जस्तापाता र खरबाट बनाएको घर, गोठलगायत लत्ताकपडा अन्नपात र भाँडाकुँडा जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।